दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

चीनले पठाएको १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा, काठमाडौं ल्याउने तयारी

काठमाडौं – चीन सरकारले सहयोग स्वरुप पठाएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आएको छ ।

नेपालमा अक्सिजन सिलिण्डर अभावका  कारण कोरोना संक्रमितलाई उपचार गर्न समस्या भएको भन्दै चीनले १८ हजार थान अक्सिजन सिलिण्डर  सहयोग स्वरूप नेपाल पठाएको हो। 

चीनले पठाएको १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको  उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।  सल्लाहकार पाण्डेले तातोपानी नाकामा आइपुगेको अक्सिजन सिलिण्डरहरूलाई काठमाडौं ल्याउने तयारी चलिरहेको बताउनुभयो।

देशमा अक्सिजनको अभाव हुन नदिन सरकारले अक्सिजन सिलिण्डर संकलन गर्नुका साथै अस्पतालहरुलाई अक्सिजन प्लान्ट स्थापना  गर्न निर्देशन समेत दिइसकेको छ ।

नेपालमा अहिले विभिन्न देशबाट अक्सिजन सिलिण्डर आउने क्रम जारी छ । 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ११ : ०० बजे