‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

थप ४६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि , उपत्यकामा एकै दिन २२ सय १९ थपिए

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्ला २४ घण्टामा थप ४६ सय ३६ जना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७०१ र ४ हजार १४४ जनाको एन्टीजेन परीक्षण गर्दा ९३३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै  देशभरी कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ जना पुगेको छ । 

आज थप ४ जना संक्रमितको कोरोनाबाट ज्यान गएको छ ।

आज उपत्यकामा मात्र २२ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १५ सय ९१ जनामा संक्रमण देखिएको छ । यस्तै ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनमा एकैदिन २०५ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ६ : २९ बजे