‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कोरोना रोकथामका लागि गम्भीर हुन सरकारलाई एमालेको आग्रह 

​​​​​​​​​​​​​​काठमाडौँ । प्रमुख प्रतिपक्ष दल एमालेले कोभिड नियन्त्रणका विषयमा गम्भीर हुन सरकारलाई ध्यानाकर्षण गराएको छ । 

नेकपा एमालेका उपाध्यक्ष एवम संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री  शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै एमालेले बढ्दो सङ्क्रमणलाई रोक्न तत्काल ठोक कदम चाल्न आग्रह गरेको हो । 

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एक जुट हुनुपर्ने बताउनुभयो । उहाँले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताउनुभयो ।

कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ भन्दै देउवाले सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै सङ्क्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताउनुभयो।

ज्ञापनपत्र बुझाउन एमाले उपाध्यक्ष एवम संसदीय दलका उपनेता नेम्वाङसहित , एमाले नेताहरु योगेश भट्टराई ,खगराज अधिकारी , कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई कृष्ण राई, सरिता न्यौपाने लगायतको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास वालुवाटार पुग्नुभएको थियो ।

 

 

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ११ : १९ बजे