राष्ट्रपति भवनमा घटस्थापना

प्रेस चौतारी लमजुङको अध्यक्षमा कृष्णबहादुर आले

लमजुङ । प्रेस चौतारी नेपाल लमजुङको अध्यक्षमा कृष्णबहादुर आले सर्वसम्मत चयन हुनुभएको छ । प्रेस चौतारी शुक्रबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले आलेको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

आले नेपाल पत्रकार महासंघ लमजुङका निवर्तमान उपाध्यक्ष, आदिवासी जनजाति पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ । उपाध्यक्षमा सुरज गुरुङ, महिला उपाध्यक्षमा बेलिना थापा चयन हुनुभएको छ । सचिवमा सरोज विश्वकर्मा, सहसचिवमा मिनराज परियार र राजन परियार र कोषाध्यक्षमा श्रीकला भण्डारी निर्विरोध हुनुभयो ।

सदस्यमा सिताराम बसेल, सन्तोष श्रेष्ठ, मनोज विक, एलिसा श्रेष्ठ, सुमीत्रा भुजेल, सुनीता भुजेल, विपना तामाङ, शम्भु परियार र अनिल परियारलाई सर्वसम्मत चयन हुनुभएको छ ।  अधिवेशनले केन्द्रीय प्रतिनिधिमा अनुज अधिकारी, अन्जनकुमार हिमाली, सरला अधिकारी र अञ्जु गुरुङलाईए चयन गरेको छ । प्रदेश प्रतिनिधिमा बसन्त अधिकारी र कुमार पौडेललाई चयन गरिएको छ । 

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : ०९ बजे