राष्ट्रपति भवनमा घटस्थापना

कोरोना नियन्त्रणमा एमालेले सरकारको ध्यानाकर्षण गराउने

​​​​​​​काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारसँग छलफल गर्ने भएको छ ।

नेकपा एमालेका नेता योगेश भट्टराईले माघ १ गते बिहान १० बजे पार्टीको केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताउनुभयाेकाे छ । उहाँले भेटका क्रममा प्रधानमन्त्री देउवालाई कोरोना नियन्त्रणका बारेमा ध्यानाकर्षण पत्र बुझाइने कार्यक्रम रहेको जानकारी दिनुभएकाे छ।

एमालेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर कोरोना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने भएको हो ।

​​​​​​​​​​​​​​

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ६ : ३४ बजे