साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

लागुऔषध चरेससहित दुई जना पक्राउ 

बैतडी । लागुऔषध चरेससहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् । 

उनीहरु दुवैलाई सुर्नया–६ शङ्करपुरबाट मोटरसाइकलमा सुर्नया–५ तर्फ आउँदै गरेको बेला रौलेश्वर प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा सवार उनीहरुबाट ७०० ग्राम चरेस भेटिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । सुपप्र४००१प ००१५ नंको मोटरसाइकलमा गइरहेका बेला दिउँसो प्रहरी टोलीले जाँच गर्दा सुरेशको झोलाबाट ७०० ग्राम चरेस बरामद गरिएको हो । 

बरामद गरिएको चरेस, मोटरसाइकल र दुवै जना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका छन् ।

निषेधाज्ञाको समयमा उनीहरु कहाँबाट चरेस लिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । 

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ८ : १६ बजे