‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कम्पनी रजिष्‍ट्रार कार्यालयको बिजोक, न मास्क न कर्मचारी (फोटो फिचर)

काठमाडौं । पुस मसान्तभित्र कम्पनी दर्ता नवीकरण गर्नेदेखि नयाँ कम्पनी दर्ताका लागि कम्पनी  रजिष्‍ट्रार कार्यालयमा यत्तिखेर सेवाग्राहीहरूको बाक्लो भिड लाग्ने गरेको छ । सेवाग्राहीको बाक्लो उपस्थिति भए पनि कम्पनी  रजिष्‍ट्रार कार्यालय त्रिपुरेश्वर काठमाडौँको काम भने उही पुरानै शेली र ढिलासुस्तीमै चलिरहेको देखिन्छ ।

पछिल्लो समय कोरोना सङ्क्रमणको दर ह्वातै बढेपनि कम्पनी रजिष्टार कार्यालयको क्षेत्रमा भेटिएका अधिकांश सेवाग्राहीहरूले सरकारले तोकेको मापदण्डको खासै पालना गरेको देखिएन ।  रजिष्‍ट्रार कार्यालय वरपर यत्रतत्र मानिसहरूको भिड बढिरहेपनि कम्पनी रजिष्‍ट्रार कार्यालयका कतिपय कोठाहरूमा कर्मचारीहरू भने भेटिएनन् । पुस मसान्तमा काम सक्नु पर्ने हतारोले कार्यालय पुगेका सेवाग्राहीहरू कोरोना महामारीकै बीच भिडभाडमा बस्न बाध्य हुँदा उता कर्मचारीहरू भने घाम ताप्ने, यतायती दौडने वा कार्यालयमै नबस्ने गरेको गुनासो छ । कतिपय कर्मचारीहरू भने सेवाग्राहीको चापकै कारण रातभर नसुती नसुती काम गरिरहेको बताउँछन् ।  सङ्क्रमणको सन्त्रासकै बीच कम्पनी  रजिष्‍ट्रारको कार्यालयमा सेवाग्राहीहरूको बाक्लो उपस्थिति हुने गरेको छ ।

​​​​​​​

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  २ : २८ बजे