‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बनेपामा आजदेखि कोभिड डेडिकेटेड अस्पताल सञ्चालन हुने

बनेपा । कोरोना सङ्क्रमित हुनेको दर बढ्दै गएपछि काभ्रेको बनेपा नगरपालिका वडा नं १० जनगालमा आजदेखि कोभिड डेडिकेटेड अस्पताल सञ्चालन गरिने भएको छ । 

नगरपालिकाले  भोमी अस्पतालसंँग सम्झौता गरी कोभिड बिरामीको उपचारका लागि व्यवस्था गर्न आवश्यक प्रबन्ध मिलाएको जनाएको छ ।

नगरपालिकाबाट १५ शय्याको स्वीकृति लिई सञ्चालन गर्न लागिएको अस्पतालमा पहिलो चरणमा  चार शय्याको सघन उपचार कक्ष र ६ शय्याको अक्सिजनसहितको शय्या हुने छ ।
 
नगरपालिका र अस्पताल प्रशासनबीच आठ बुँदे सम्झौता गरी शुरुमा १५ शय्या र पछि २५ शय्या नै सञ्चालन गर्ने गरी आवश्यक व्यवस्थापन भइरहेको बताइएको छ ।
 
नगरपालिका र अस्पतालबीच शुक्रबार उक्त सहमती भएको नगरपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ७ : ३५ बजे