एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

विज्ञान तथा प्रविधि : विगतका ज्ञानहरूको रूपान्तरित अवस्था

वि.स.२०४४ सालतिर मैले सम्पादन गर्ने गरेको द्वैमासिक विज्ञान पत्रिकाको ‘विज्ञान जगत्’ मा यही शीर्षकमा मेरो लेख छापिएको थियो । विज्ञान तथा प्रविधि नै किन ? हामीले यसमा ध्यान दिन सकेनौ भने के हुन्छ ? पहिलो प्रश्नको उत्तर दिन मलाई सहज छ, किन कि, विज्ञान तथा प्रविधिमा ध्यान नदिँदा जुन अवस्था सिर्जना हुन्छ, त्यही अवस्थामा हामी आज आइपुगेका छौँ । अब देशको विकासमा रमाउने हामीले ती देशहरूले कसरी विकास गरे सोबारेमा चिन्तन गरेनौँ  । उनीहरूले विज्ञान तथा प्रविधिमा दिएको जोडबारे हामीले आँकलन गर्न सकेनौँ ।  

नेपालको सन्दर्भमा विज्ञान तथा प्रविधिको कुरो भाषणमा मात्र सीमित हुन पुग्यो । ठुला–ठुला परिकल्पना त आए तर त्यसपछिको विज्ञान/प्रविधिमा हामी छिर्न सकेनौँ ।  परम्परागत रूपमै गर्दै आएका केही कामहरूलाई सामान्य लेप लगाएर हामी त्यसैलाई विज्ञान/प्रविधिको पगरी गुथाउन पुग्यौँ ।   

विज्ञान तथा प्रविधि विनाको भविष्य अन्धकारमय हुन्छ । डेढ–दुई सय वर्ष अघिको समयलाई फर्केर हेर्दा यो स्पष्ट हुन्छ । त्यस बेलाका मानिसको जीवन कस्तो थियो ? अहिलेका विकसित देशमा समेत त्यस बेला बिजुली, इन्टरनेट÷टेलिफोन थिएन । हुन त कतिपय हाम्रा दुर्गम क्षेत्रको अवस्था अझै पनि यस्तै छ । यस्तो अवस्थामा जीवन निकै कठिन हुन्छ । 

समयको अन्तरालमा भएका नयाँ आविष्कारहरूले हाम्रो जीवनलाई सरल बनाउँदै गए । हिजोका दिनमा घरमा टेलिफोन जडान गर्न मन्त्रीको सिफारिस चाहिन्थ्यो । आज हामी सबैको हात–हातमा मोबाइल छ । तारयुक्त टेलिफोन प्रयोग गर्दा हामी धेरैलाई अहिले अनौठो पनि लाग्न सक्छ । मोबाइल इन्टरनेटसँग जोडिएको छ, जसले सबैलाई संसारसँग जोड्छ । अहिलेको विश्व यो अवस्थामा एकाध विचार वा परिकल्पनाका कारणले मात्र आइपुगेको होइन, यसको निम्ति हजारौँले बलिदानीपूर्ण सङ्घर्ष गरे । धेरैले अकालमै ज्यान समेत गुमाए । विशेष गरी दार्शनिक, वैज्ञानिक, अन्वेषक आदिले विश्वलाई अहिलेको रूपमा ल्याइपुर्‍याउन ठुलो योगदान दिएका छन् । 

विज्ञान अचम्मको विषय हो । यसले हामीलाई ब्रह्माण्डको असीमित क्षेत्रमा मात्र होइन, संसारकै सबैभन्दा सानो वस्तुको केन्द्रमै पुर्‍याउँछ । विश्वबारे आफ्नो धारणा बनाउन तथा यसको अपार सम्भावनालाई प्रयोग गर्न विज्ञानले सहयोग गर्दछ ।

विज्ञान तथा प्रविधिको विकासको काल खण्डमा फरक–फरक वैज्ञानिकले फरक फरक विषयमा योगदान दिएको पाइन्छ । केही वैज्ञानिकहरूको दक्षता एकभन्दा बढी विषयमा थियो, तर अधिकांशको भने कुनै एक विषयमा । एक विषयको सफलताले अर्को विषयको विकासमा समेत उल्लेख्य सघाउ पुर्‍याएको पाइन्छ । विज्ञानकै कारण आएको हरित क्रान्ति, वातावरण सुधार, प्रभावकारी औषधिहरू, आरामदायी बासस्थान आदिले जीवनलाई सहज बनाएको छ । मानव सभ्यतालाई अहिलेको अवस्थामा ल्याउने पहिलोे श्रेय नै विज्ञान तथा प्रविधिलाई जान्छ ।

सन् २०१७ यता पनि विज्ञान तथा प्रविधि सम्बन्धी प्रशस्त आशा लाग्दा आविष्कार भएका छन् । विज्ञान कथाहरूले धेरै वर्षअघि अनुमान गरेका कतिपय घटनाहरू यसपल्ट वास्तविकतामा परिणत हुन सके । अनुवंश (जिन) लाई आफू अनुकूल मिलाउन सकिने उपायको खोजी अमेरिकाका वैज्ञानिकहरूले सन् २०१७ मा गरे । भविष्यमा खराब गर्न सक्ने जिनलाई भ्रूणकै अवस्थाबाट बाहिर निकाल्न सके मानव जीवनलाई ठुलो राहत मिल्न सक्छ । वैज्ञानिकहरूले यसै वर्ष छेपारा तथा माउसुलीको जस्तो शरीरको कुनै भाग छुट्टिन गएमा त्यसलाई प्राकृतिक रूपमै वृद्धि गर्न सकिने उपाय समेत खोजेका छन् । 

नेपाल सरकारले अगस्ट, २०१८ देखि क्याबिनेट बैठकलाई कागजरहित बनाउने कामको सुरुआत गर्‍यो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘डिजिटल इण्डिया’ को नाराले चुनाव जित्न सहज भयो । सुदूर गाउँका विद्यालयहरूमा दूर शिक्षाबाट पढाइ होस्, गाउँका गरिबहरू टेलिमेडिसिन मार्फत सहरकै स्तरको स्वास्थ्य सुविधा लिन सकुन्, घरबाटै सरकारी क्षेत्रमा निवेदन–आवेदन गर्न सकिने उपायको विकास गर्नुपर्ने उनको राय रह्यो । 

विज्ञान तथा प्रविधि विनाको भविष्य अन्धकारमय हुन्छ । डेढ–दुई सय वर्ष अघिको समयलाई फर्केर हेर्दा यो स्पष्ट हुन्छ । त्यस बेलाका मानिसको जीवन कस्तो थियो ? अहिलेका विकसित देशमा समेत त्यस बेला बिजुली, इन्टरनेट/टेलिफोन थिएन । हुन त कतिपय हाम्रा दुर्गम क्षेत्रको अवस्था अझै पनि यस्तै छ । यस्तो अवस्थामा जीवन निकै कठिन हुन्छ । 

विज्ञान अचम्मको विषय हो । यसले हामीलाई ब्रह्माण्डको असीमित क्षेत्रमा मात्र होइन, संसारकै सबैभन्दा सानो वस्तुको केन्द्रमै पुर्‍याउँछ । विश्वबारे आफ्नो धारणा बनाउन तथा यसको अपार सम्भावनालाई प्रयोग गर्न विज्ञानले सहयोग गर्दछ । प्राचीन ग्रीक दार्शनिकहरूदेखि आइन्स्टाइन, वाट्सन र क्रिक अनि अहिलेका कम्प्युटर सुसज्जित वैज्ञानिकहरू र सामान्य मानिसहरूसम्मलाई यसले जोड्छ । विश्व र अबका सम्भावनाहरूबाट अचम्मित हुँदै यसबारेको खोजी गर्ने, परीक्षण गर्ने, गणना गर्ने तथा आविष्कार गर्ने कार्यमा वैज्ञानिकहरू संलग्न भएका छन् । (व्यानुम २०१२)

विज्ञान तथा प्रविधिको अहिलेको विकास एकाध दिनमा भएको होइन । मानव जीवनको विकास भएयता अर्थात् करिब ६० लाख वर्ष देखिएका प्रयासहरूको यो समग्र रूप हो । २६ लाख वर्षअघि मानव पुर्खाले बनाएको ढुङ्गे हतियारलाई पहिलो आविष्कार मान्न सकिन्छ । त्यसको करिब १२ लाख वर्षपछि मात्र आगोको आविष्कार भयो । १०–१२ हजार वर्षअघि मानिस जङ्गली जीवनबाट वाक्क भई कृषिमा लाग्न थाल्यो, त्यसपछि त ऊ आफ्नो सुख–समृद्धिका लागि एकपछि अर्को आविष्कार गर्दै आयो । भनाइ नै छ, ‘आवश्यकता नै आविष्कारकी जननी हुन ।’ बिजुली, स्पेस प्रविधि, जैविक प्रविधि, आणविक विज्ञान, सञ्चार, स्वास्थ्य आदिमा भएको विकासका कारण मानव जीवनले समृद्धि हासिल गर्दै गयो । तर, विकासका यी आयामहरू सँगसँगै विनासका धेरै घटनाहरू पनि देखिन थाले । 

जोन्सन (२०१४) भन्छन्, ‘हामीलाई अहिलेको हाम्रो अवस्थामा पुर्‍याउने सन्दर्भमा छ प्रमुख आविष्कारको हात छ । बिजुली बत्ती, ध्वनिको रेकर्ड, एयर कण्डिसनिङ वा चिसो तातो पार्ने प्रविधि, पिउनयोग्य पानीको विकास, हाते घडी र चस्मा वा लेन्स । यी उपकरण वा प्रक्रियाका कारण हामी आधुनिकतामा प्रवेश गर्न सक्यौँ ।’ आधुनिक विज्ञानको विकासमा वैज्ञानिक उपकरणहरूको ठुलो भूमिका छ । सूक्ष्म दर्शक यन्त्र वा दूरबिनले मानिसको हेराई र सोचाइको दायरामा परिवर्तन ल्यायो  । छपाई मेशिनको आविष्कार होस् वा नयाँ विश्वको खोजी, यी सबैले मानिसको ज्ञान तथा सोचाइको दायरा फराकिलो पार्‍यो । (क्रम्प, २००२) 

विज्ञान तथा प्रविधिको अहिलेको विकास एकाध दिनमा भएको होइन । मानव जीवनको विकास भएयता अर्थात् करिब ६० लाख वर्ष देखिएका प्रयासहरूको यो समग्र रूप हो । २६ लाख वर्षअघि मानव पुर्खाले बनाएको ढुङ्गे हतियारलाई पहिलो आविष्कार मान्न सकिन्छ । त्यसको करिब १२ लाख वर्षपछि मात्र आगोको आविष्कार भयो ।

विज्ञान तथा प्रविधिको विद्यमान अवस्था हेर्दा विगतको अवस्था नहेरी स्पष्ट हुँदैन । ऐतिहासिक पक्षको विश्लेषणले विगतमा के कस्तो भयो मात्र होइन, के कस्ता अप्ठ्यारा थिए भन्ने कुरा समेत थाहा हुन्छ । जटिल अवरोधका बाबजुद विगत पाँच सय वर्षको समयमा विज्ञान तथा प्रविधिले उच्चतम सफलता हासिल गरेको छ । कुहन (१९७०) भन्छन् ‘हामीले अहिले प्राप्त गरेको विज्ञान विगतका ज्ञानहरूको रूपान्तरित अवस्था हो । एकपछि अर्को वैज्ञानिक क्रान्ति हुँदै वा हरेक विषयमा भएका वैज्ञानिक क्रान्तिहरूको उपज नै अहिलेको अवस्था हो ।’ 

अरिस्टोटल (ईसा पूर्व ३८४–३२२) र उनी अगाडिको समयमा ग्रिसबाट विज्ञान तथा प्रविधिको विकासको थालनी भएको हो । त्यसपछि लामो समय अर्थात् कोपर्निकसको समयसम्म पश्चिमी देशहरूमा विज्ञानको क्षेत्रमा त्यति विकास भएन । सातौँदेखि तेह्रौँ शताब्दीबीच केही अरब राष्ट्रहरूले विज्ञान तथा प्रविधिको विकासमा अग्रता लिए । त्यसको केन्द्र इराकको बगदाद रहेको थियो । विज्ञानका इतिहासविद्हरूका अनुसार वैज्ञानिक क्रान्ति हुनुको मुख्य कारणमा प्रकृतिलाई गणितीय रूपमा प्रस्तुत गर्न सक्नु थियो । टोलेमी र अरिस्टोटलले स्वर्गलाई गणितीय रूपमा बुझ्न सकिने बताए । टोलेमीले त गणितीय रूपमा त्यसको अध्ययन गर्ने प्रक्रियाकै विकास गरे । (वुट्टन, २०१५) 

हामीले अहिले प्राप्त गरेको विज्ञान विगतका ज्ञानहरूको रूपान्तरित अवस्था हो । एकपछि अर्को वैज्ञानिक क्रान्ति हुँदै वा हरेक विषयमा भएका वैज्ञानिक क्रान्तिहरूको उपज नै अहिलेको अवस्था हो । 

निकोलस कोपर्निकस (१४७३–१५४३) बाट सुरु भएको वैज्ञानिक क्रान्ति आइजक न्यूटन (१६४३–१७२७) को समयमा आइपुग्दा पूर्ण भएको मानिन्छ । पृथ्वी सूर्यको वरिपरि घुम्छ, पदार्थ स–साना कणबाट बनेका हुन्छन् आदि यस बेलाका खोज हुन् । मूल रूपमा मानवका निम्ति विज्ञानको महत्त्व अत्यन्तै ठुलो छ भन्ने कुरा मान्न थाल्नु यस क्रान्तिको मुख्य उपलब्धि हो (ज्याक, २०१२) । यस अघिका विज्ञानका विचारहरू चर्चको नियन्त्रणमा हुने गर्थ्यो  । चर्चबाट पृथक् भएर वैज्ञानिक आविष्कार गरिन थालिएकोले यो क्रान्तिले विशेष महत्त्व राख्छ । 

(लेखक पिएचडी सेन्टरका प्राज्ञिक सल्लाहकार तथा आइसीए नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १० : ३४ बजे