‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै 

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग आज परामर्श गर्ने भएको छ । 

आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले आज सर्वदलीय बैठक आह्वान गरेको हो । 

बैठक आज बिहान ११ः३० बजेका लागि आह्वान गरिएको छ । सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरेको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो  । 

उहाँले प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूको उपस्थितिमा सर्वदलीय बैठक हुने बताउनुभयो । प्रवक्ता शर्माका अनुसार सङ्घीय संसद्, प्रदेश संसद् र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : ३० बजे