प्लेनमा चढे रवि,काठमाडौँ ल्याइँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएको छ ।

उनलाई पोखराबाट बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याइएको हो ।

सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याइएको हो ।

स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि रविलाई काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याइएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ५ : ३६ बजे