काठमाडौं । देशमा सुपर हिरो हुन खोज्दा पछारिएका रास्वपा सभापति रवि लामिछाने अहिले प्रहरी हिरासतको चिसो तापी रहेका छन् । प्रहरीले गरेको अनुसन्धान अनुसार उनी निकै लामो समय यस्तो चिसोमा बिताउने सम्भावना बनेको छ।
उनको जसरी अचानक प्रवेश भयो, त्यसै गरी ओरालो यात्रा सुरु भयो। उनी उत्ताउलो , आवेशको पात्र नबनीकन शान्त भलाद्मी, तरिकाले राजनीतिमा लागेका भए आज उनले यस्तो दुर्दिन भोग्नु पर्ने थिएन। एउटा भनाई छ– एउटा गल्ती लुकाउन मान्छेले हजार अरु गल्ती गर्दै जान्छ।
लामिछानेले एउटा सहकारी ठगी प्रकरण लुकाउन गरेको गल्तीले अरु गल्तीको लहरो प्रहरीको हात लागि सकेको छ। त्यसैले लामिछाने नेपाली राजनीतिमा सुपर हिरो हुन खोज्दा प्रहरी खोरमा पुगेर फ्लप खाएका हुन् ।
लामिछाने पछि अब कुनै पनि बेला यसरी फ्लप हुन खोज्ने अर्का व्यक्ति हुन् – कुलमान घिसिङ । उनले लोडसेडिङ मुक्त गराएको जसको ब्याज भजाएर अहिले पनि सरकार र सरकारको निर्णय भन्दा आफूलाई माथि ठान्ने प्रयास गरेका छन् । माओवादीले सरकारविरुद्ध यिनलाई सरकारविरुद्ध शिखण्डीको रूपमा प्रयोग गरेको धेरैले अनुमान गरेका छन् ।
समय सधैँ बलवान हुँदैन। त्यसैले विधिको बाटो नसमातेर कसैको मोहरा बन्नेको दुर्दशा धेरै देखिएका घटनाहरूले बताएका छन् । अहिले कुलमान घिसिङले सरकारको निर्णयलाई अप्रत्यक्ष रूपमा असहयोग गरे पनि उनका आफ्नै विगतका काण्डले रवि लामिछाने झैँ चार बल्ड्याङ पछारिने बाटो तयार गरेका छन् । जहाँ उनी विरुद्ध अख्तियारमा उजुरी समेत परेको छ।
नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले गत साउनमा घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । खरेलले कुलमानविरुद्ध प्रमाणसहित उजुरी दिएका हुन् ।
एन्टी करप्सन नेटवर्कको तर्फबाट आफूले आज नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकका कार्यबारे अनुसन्धान गर्ने सम्बन्धमा सम्पूर्ण प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएका छन् ।
खरेलले विभिन्न ८ बुँदामा घिसिङका भ्रष्टाचारजन्य क्रियाकलाप भएको दाबी उल्लेख गरेका छन् ।
घिसिङले राज्यलाई करोडौँ रकम घाटा हुने गरी विभिन्न आयोजनासँग पीपीए गर्दा सरकारको खातामा आउने १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व गुमेको उनको आरोप छ ।
डेडिकेटेड र ट्रङ्क लाइन विवादमा सरकारले गठन गरेको आयोगले तयार पारेको प्रतिवेदनको केही अंश अनुसार घिसिङले तयार गरेको बिललाई फेरी हिसाब गरेर यकिन गर्न भनिएको छ । टाइम अफ डेट (टीओडी) मिटरको तथ्याङ्क नभएको भन्दै प्राधिकरणले अदालतलाई नै पत्र पठाएको छ । टिओडी मिटर बिना घिसिङले बिल कसरी काटे यसको अनुसन्धान हुन जरुरी छ।
डेडिकेटेड र ट्रङ्क लाइन विवादमा सरकारले गठन गरेको आयोगले तयार पारेको प्रतिवेदनको केही अंश अनुसार घिसिङले तयार गरेको बिललाई फेरी हिसाब गरेर यकिन गर्न भनिएको छ । टाइम अफ डेट (टीओडी) मिटरको तथ्याङ्क नभएको भन्दै प्राधिकरणले अदालतलाई नै पत्र पठाएको छ । टिओडी मिटर बिना घिसिङले बिल कसरी काटे यसको अनुसन्धान हुन जरुरी छ । कुलमान जोगाउन तत्कालीन सरकारले किर्ते निर्णय गरेको आरोप खरेलको छ ।
सरकारले घिसिङको पालमा भएको पीपीए र टिओडी मिटरको बिषयमा सरकारले राम्रोसँग छानबिन गरे माओवादीका मोहरा बनेका घिसिङ रवि लामिछानेको भन्दा बिजोग अवस्थामा पुग्ने बताइएको छ ।
प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार ११ : ५३ बजे
प्रतिक्रिया