काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझ्न युनिलिभर नेपाल लिमिटेडले आग्रह गरेको छ ।
कम्पनीले सूचना जारी गर्दै ३१औं साधारण सभाबाट लाभांश पारित भए बमोजिम आर्थिक वर्ष २०८०/८१ को पाँच वर्षभन्दा पुरानो लाभांश बुझ्न आग्रह गरेको हो ।
एक महिनाभित्र सम्बन्धित शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रका साथ कुनै परिचयपत्र लिई कम्पनीको शेयर रजिष्ट्रारको कार्यालय लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी, काठमाडौंमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको हो ।
साथै तोकिएको अवधिभित्र लाभांश बुझ्न नआए लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी कम्पनीले दिएको छ ।
यो कम्पनी नेपालमा सूचीकृत कम्पनीमध्ये सर्वाधिक लाभांश वितरण गर्ने कम्पनीको रुपमा परिचित छ । गत वर्षको मुनाफाबाट कम्पनीले १ हजार ७१४ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार ११ : ४३ बजे
प्रतिक्रिया