धादिङ । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् ।
रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालक, सहचालक र उपभोक्ता समितिका एक जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन ।
खोज र उद्धारका प्रहरी टोली परिचालन भएको छ ।
प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार १० : २६ बजे
प्रतिक्रिया