‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँमा ६ वटा निजी अस्पतालबाट पनि कोभिड विरुद्धको खोप

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँमा निजी अस्पतालबाट पनि खोप लगाउन थालिएको छ । 

स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार ६ वटा निजी अस्पतालबाट पनि कोभिड विरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको हो । 

काठमाडौँ मोडल अस्पताल प्रदर्शनी मार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीता पाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिड विरुद्धको खोप निःशुल्क लगाउन पाइने स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले जानकारी दिनुभयो ।

यसअघि काठमाडौँमा ११ खोप केन्द्र थिए । सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलङ्की, वीरेन्द्र सैनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रीरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर र एपेक्स पोलिक्लिनक जडीबुटीबाट यसअघि नै खोप लगाइँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनेका खोप लगाइँदै आएको छ ।खोप बिहान १० बजेदेखि ३ बजेसम्म लगाइँदै आएको छ ।

सरकारले कोभिड विरुद्धको खोप अनिवार्यको घोषणा गरेपछि खोप लगाउनेको भीड बढेको हो । खोप नलगाएकालाई सार्वजनिक सेवामा निषेधको घोषणा कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ८ : ३० बजे