धरहराबाट उपत्यका नियाल्ने रहर

मार्फामा बढ्दै पर्यटक

सहरी विकास मन्त्रालयका सचिव गेलाल सेवानिवृत्त

काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवा निवृत्त हुनुभएको छ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच उहाँलाई बिदाइ गर्नुभएको हो । २०५२ सालमा सेवा प्रवेश गर्नुभएका गेलाल ५८ वर्षे उमेर हदका कारण सेवानिवृत्त हुनुभएको छ ।

उपप्रधान एवम् सहरी विकास मन्त्री सिंहले सचिव गेलालसँगको छोटो अवधिको सहकार्य भए पनि स्मरणीय रहेको बताउनुभयो । उहाँले गेलालको व्यावसायिक क्षमताको प्रशंसा गर्दै निवृत्त जीवन राम्रो होस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । गेलालले सरकारी सेवामा २९ वर्ष ५ महिना बिताएको र सो अवधि आफ्ना लागि स्मरणीय रहेको बताउनुभयो ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ५ : १२ बजे