किमाथाङ्का । नेकपा (एमाले) सङ्खुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
दुई दिनदेखि मानेभञ्याङको कृषि बजारमा जारी आठौँ जिल्ला अधिवेशनको बन्द सत्रले घिमिरेको नेतृत्वमा ९८ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।
अघिल्लो कार्यसमितिका अध्यक्ष रहेका घिमिरेलाई पुनः अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।
जिल्ला कमिटी उपाध्यक्षमा कृष्ण तामाङ सचिवमा खड्ग राई, उपसचिवमा ओङ्दाबे भोटे र भरत खड्कासहित ९८ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।
उपसचिव खड्का नेकपा (माओवादी) केन्द्रबाट केही दिनअघि एमालेमा प्रवेश गर्नुभएको थियो । बुधवार साँझसम्म जारी बन्द सत्रबाट नेतृत्वको घोषणा गरिएको हो ।
सोमबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा एक हजार जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।
नव निर्वाचित पदाधिकारीलाई बुधवार साँझ नै पद तथा गोपनीयताको शपथ गराइएको निर्वाचन समितिका प्रमुख भविश्वर गुरुङले बताउनुभयो ।
प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार ८ : ०२ बजे
प्रतिक्रिया