धरहराबाट उपत्यका नियाल्ने रहर

मार्फामा बढ्दै पर्यटक

सत्तारूढ दल बीआरआई कार्यान्वयनको पक्षमा छन् : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारूढ दलहरू चिनियाँ परियोजना ‘बेल्ट एण्ड रोड इनिसीएटीभ’ (बीआरआई) कार्यान्वयनको पक्षमा रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै थापाले देशभित्रको स्रोत र साधनले मात्र विकास गर्न नपुग्ने बताउनुभयो। भन्ने, ‘ठूलो पुँजी आवश्यक रहेकाले मित्र राष्ट्रहरूसँग अनुदानको अपेक्षा गरिएको हो।’

बीआरआईका सन्दर्भमा सत्तारूढ कांग्रेस र एमालेको धारणा समान रहेको उहाँको भनाइ छ। यसअघि हस्ताक्षर भएका परियोजना यसपटक कार्यान्वयनको चरणमा जाओस् भन्ने चाहना आफूहरूले राखेको उहाँले बताउनुभयो । सबै मित्र राष्ट्रसँग मित्रवत् सम्बन्ध स्थापित गर्न चाहेको भन्दै थापाले बीआरआई सम्झौता नेपालमा लागू गर्ने कुरा कांग्रेसका लागि नयाँ र नौलो नभएको बताउनुभयो । ।
थापाले बहुपक्षीय दातृ निकायबाट सस्तो र सहुलियतमा ऋण लिने पक्षमा कांग्रेस र एमाले रहेको स्पष्ट पार्नुभयो । अमेरिका, भारत, चीन, जापान जुनसुकै राष्ट्रहरूबाट पनि सस्तोमा ऋण लिन कांग्रेस र एमाले तयार रहेको उहाँको भनाइ । ‘सन् २०१७ थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ३ : ४९ बजे