धरहराबाट उपत्यका नियाल्ने रहर

मार्फामा बढ्दै पर्यटक

एक सय ४३ को हस्ताक्षर जाम भएपछि नेकपा एसका नेताहरुले एमाले प्रवेश गर्न खोजे यस्तो उपाय

काठमाडौं ।  सरकारले अध्यादेश ल्याउँछ र सोही अनुसार नेकपा एस विभाजन गर्ने तयारीमा रहेका नेकपा एसका नेताहरु यस बेला एमाले प्रवेश गर्न नयाँ बाटोको खोजीमा लागेका छन् । यस अघि पार्टी विभाजन गरेर एमालेमा एकीकरण गर्नका लागि  तयार भएका १ सय ४३ केन्द्रीय सदस्यहरू अध्यादेश नआएपछि बिलखबन्दमा परेका छन् । 

संसदीय दलमा समेत एमालेसंग एकीकरण हुनुपर्छ भन्ने पक्षमा बहुमत भए पनि दल सम्बन्धी व्यवस्था गर्न बनेको ऐनको एउटा दफाले मात्र उनीहरूलाई अड्काएको बुझिएको छ । दल विभाजन भएको पाँच वर्ष भित्र फेरि अर्को विभाजन हुन नमिल्ने प्रतिबन्धात्मक वाक्यांशले उनीहरूलाई तत्कालका लागि रोकेको स्रोतले बतायो । यदि त्यो  धारा नहुने हो भन्ने संसदीय दलमा बहुमत एमालेसंग एकीकरण गर्ने पक्षमा रहेको एसका एक सांसदले चक्रपथलाई बताए । 

एकातिर ३ महिना देखि सो  पार्टीका सबै सदस्यहरू जिम्मेवार विहीन भएका छन् ।  नेतृत्वमा भागबन्डा नमिल्दा उनीहरू जिम्मेवार विहीन भएको ती सांसदले बताए । असारमा सम्पन्न महाधिवेशनपछि साउनमा भएको  पदाधिकारी तथा पोलिटब्युरोको निर्वाचनपछि कसैले पनि नयाँ जिम्मेवारी पाएका छैनन् । 

यसरी लामो समय पार्टीभित्र ‘ बेरोजगार’ बन्नु परेको भन्दै एमालेसंग समाहित हुनका लागि नयाँ बाटोको खोजी समेत गर्न लागेको बताइएको छ ।  बिशेष गरी यस्तो बाटोमा सो पार्टीका सांसदहरू प्रेम आले, किसान श्रेष्ठ  र धनबहादुर बुढाले छलफल अगाडि बढाएको बुझिएको छ । उनीहरू कुनै दलगत हैसियत नजनाई सरकारका अहिलेको सरकारमा सहभागी हुने वातावरण खोजी रहेको स्रोतले बतायो ।  उनीहरू यो सरकारमा सहभागी हुने र पार्टी विभाजनको घोषणा समेत नगर्ने बिषयमा छलफलमा जुटेको स्रोतले दाबी ग-यो । पार्टी विभाजन गर्दा दलसम्बन्धी व्यवस्था गर्न बनेको ऐन अनुसार पाँच वर्षमा विभाजन गर्न नपाइने वाक्यांश आकर्षण हुने भएकोले यस्तो तयारीमा जुटेको ती नेताले बताए । उनीहरू सरकारमा सामेल भएपछि दल सम्बन्धी व्यवस्था गर्न बनेको ऐन संशोधनका लागि अध्यादेश ल्याउन सजिलो हुने भन्दै यस अघि हस्ताक्षर गरेका १ सय ४३ केन्द्रीय सदस्यले समेत यो बिषयमा सहमति जनाएको स्रोतले बतायो । 

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ११ : ४५ बजे