राष्ट्रपति भवनमा घटस्थापना

कोरोनाको हटस्पट बन्दै काठमाडौँ (फोटो फिचर)

काठमाडौं । काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । कोरोनाको हटस्पट बन्दै गए पनि आम सर्वसाधारण भने सावधानीका उपायहरू भुल्दै गइरहेको देखिन्छ ।

बुधवार एकै दिन काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ सङ्क्रमित थपिएका छन् । सङ्क्रमितको ग्राफ दिनप्रतिदिन बढ्दै गइरहेपनि मानिहरु भने सडकमा बिना मास्क लगाएर निस्फिक्री हिँडिरहेका भेटिन्छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८,भक्तपुरमा १३४ र ललितपुरमा २३६ सङ्क्रमित थपिएका हुन् ।

हेर्नुहोस् बुधवार नै चक्रपथकर्मी आशिष पौडेलले काठमाडौंको गौशालामा लिनुभएका केही तस्बिरहरू:

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ६ : १० बजे