काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १३ हजार ३६ जनामा परिक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप २७८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० जना रहेका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६०९ पुगेको छ ।
प्रकाशित मिति : २८ पुस २०७८, बुधबार ४ : ४० बजे
प्रतिक्रिया