राष्ट्रपति भवनमा घटस्थापना

आयोगले बोलायो सर्वदलीय बैठक : स्थानीय तहको निर्वाचन मुख्य एजेन्डा 

काठमाडौं ।  निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ ।आयोगले शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको हो । 

बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्रणा पठाइएको  छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाका अनुसार बैठकका मुख्यगरी तीन एजेन्डा छन्  । 

बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलन र स्थानीय तहको मिति तय गर्नेबारेमा छलफल हुने बताइएको छ ।

आयोगले यस अघि नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरिसकेको छ । सरकारले भने त्यसबारे अहिलेसम्म कुनै निर्णय लिइएको छैन्।
 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ४ : २५ बजे