राष्ट्रपति भवनमा घटस्थापना

पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको छ : पोलिटब्यूरो सदस्य बाँस्कोटा

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल काभ्रेको सातौँ अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले विश्वसनीयताको सङ्कटले पत्रकारिताको महत्त्व घट्दै गइरहेको छ भन्नुभयो । 

उहाँले भन्नुभयो “नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो, छिमेकी भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएकोमा ग्लानि हुन थालेको छ । ” 

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, एमालेका काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जू, प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, अर्का केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष बद्रीराज तिमल्सिना, महासङ्घ पूर्व अध्यक्ष भोजराज तिमल्सिना, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कपिल कोइराला, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष रोजन तामाङ लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । रासस

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १२ : ४५ बजे