‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

प्रदेश २ को अनुसन्धान तथा प्रशिक्षण केन्द्रको निर्देशकमा अन्सारी नियुक्त

जनकपुरधाम । प्रदेश नं. २ को सरकारले प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सर्लाहीका सतार अन्सारीलाई नियुक्त गरेको छ । 

मुख्यमन्त्री लालबाबु राउतले मङ्गलवार साँझ सर्लाहीका सतार अन्सारीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको हो ।

निर्देशक पदका लागि सर्लाहीका सतार अन्सारी, सप्तरीका रोहितकुमार यादव र रौतहटका गौरीशङ्कर साहलाई सिफारिस गरिएको थियो । जसमध्ये सबैभन्दा बढी अनुभवी रहेको आधारमा अन्सारीलाई नियुक्त गरिएको मुख्यमन्त्री सचिवालयले जनाएको छ । 

विगतमा सङ्घ सरकारको मातहतमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्रलाई अहिले प्रदेश अनुसन्धान तथा परीक्षण केन्द्रको रूपमा रहेको प्रदेश सरकारको मातहतमा ल्याइएको छ । 

अनुसन्धान केन्द्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहने भएकाले प्रदेशका जनप्रतिनिधिदेखि यहाँका कर्मचारी समेतलाई प्रशिक्षण दिनुको साथै प्रदेशको क्षमताको अनुसन्धान र अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १२ : ३३ बजे