सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा उतारचढाव आएको छ ।  

मङ्गलवार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ४ सयले बढेर ९२ हजार  कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी,  तेजाबी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ । मङ्गलवार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ११ : ३८ बजे