राष्ट्रपति भवनमा घटस्थापना

प्रेस चौतारी हुम्ला शाखा अध्यक्षमा सिंह

सिमकोट । प्रेस चौतारी नेपाल हुम्ला शाखाको पाँचौँ अधिवेशनले नयाँ पदाधिकारी सर्वसम्मतबाट चयन गरेको छ । 

अधिवेशनले अध्यक्षमा नन्द सिंह र सचिवमा दाने बोहरा सहित २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

यसैगरी उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सचिवमा दाने बोहरा, सहसचिवमा मोतिलाल महतारा, समावेशी सहसचिवमा मानबहादुर परियार र  कोषाध्यक्षमा बेलुमाया महतारा र  सदस्यहरूमा धनबहादुर भण्डारी, टसि बोहरा, सम्राट् बोहरा, मनोज बोहरा, मोहनसिंह बुढा, धोजबहादुर शाही, लक्षे कामी, अविराज हमाल, चक्र दामी छक्क थापा लगायतका चयन भएका छन् । 

यसैगरी, प्रदेश प्रतिनितिधिमा एक जना मात्रै मन्दिर सिंह चयन गरिएको भए पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि र अन्य प्रदेश प्रतिनिधि नयाँ पदाधिकारीको पहिलो बैठकबाट नेतृत्व चयन हुने बताइएको छ । 

एमाले जिल्ला पार्टी कार्यवाहक अध्यक्ष तथा प्रदेश कमिटी सदस्य ज्ञामी बुमीको प्रमुख आथित्यमा प्रेस चौतारी नेपाल हुम्ला शाखाको पाँचौँ जिल्ला अधिवेशन सर्वसहमतिबाट सम्पन्न भएको छ । 

अधिवेशनको उद्घाटन सत्रमा नेकपा (एमाले) हुम्ला जिल्ला अध्यक्ष ज्ञामी बुमी,  नेपाल काँग्रेस हुम्लाका प्रदेश नं ख का तक्दिर लामा, नेकपा (माओवादी केन्द्र) का सिमकोट गाउँपालिका–५ का अध्यक्ष रामजन रावत, प्रेस चौतारीका संस्थापक अध्यक्ष कमल बोहरा, सर्केगाड गाउँपालिका–१ का वडाध्यक्ष गोकुल बुढा, एमालेका प्रदेश कमिटी सदस्य डबल रावत र एमाले अदानचुली गाउँ कमिटी अध्यक्ष बुध भण्डारीका साथै अनेरास्ववियु जिल्ला अध्यक्ष जयराज संजेल लगायतले  अधिवेशनको सफलताको कामना गर्नुभएको थियो । रासस

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ११ : ३४ बजे