आठ साताभित्र युरोपको आधा जनसङ्ख्यामा कोभिड : डब्लूएचओ

न्युयोर्क । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसङ्ख्या कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ । 

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा सङ्क्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।

पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोन वेभले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका डा.हान्स क्लुगीले बताउनुभयो । सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ सङ्क्रमित भेटिएका छन् । 

भाइरस पश्चिमा देशहरूबाट बाल्कन्सतर्फ फैलिँदै गर्दा युरोप र मध्य एसियाली देशहरू तीव्र चापमा परेको उहाँले बताउनुभयो । 

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ९ : ४५ बजे