अनुसन्धानको विधि (Research Methodology) मार्क्सवादी द्वन्द्ववादमा आधारित हुन्छन् । पहिला पहिला त्रिभुवन विश्वविद्यालयमा अनुसन्धानको काम CIDA/CINAS ले मात्रै गर्ने प्रचलन थियो, जसले गर्दा अनुसन्धान थोरै र साँघुरो घेरामा हुने गर्दथ्यो । आज ‘अनुसन्धान पढाइकै विषय हो’ भन्ने बुझाइ स्थापित भएको छ । अहिले सम्बन्धित विभागमा नै अनुसन्धानका काम कारबाही समेटिएको छ । शिक्षामा अनुसन्धानका दृष्टिले यो साह्रै राम्रो हो ।
हाम्रो शिक्षा प्रणाली युरोपेली ज्ञान सिद्धान्तबाट निर्देशित छ । हाम्रा एसियाली ज्ञान सिद्धान्तलाई लिएर अनुसन्धान गरिएको र पठनपाठन भएको कमै पाइन्छ । अब समाजको हरेक आयाम एसियाली ज्ञान सिद्धान्तबाट निर्देशित हुनुपर्छ । युरोपेली र अमेरिकन दृष्टिकोणमा खासै फरक देखिँदैन, तर पूर्वीय (एसियाली) पद्धति फरक छ ।
विश्वविद्यालय र अनुसन्धानमा प्राज्ञिक गुणस्तरको सुनिश्चितता जरुरी छ । विश्वले हाम्रो अनुभव र हाम्रो लेखाइ पढाइलाई कसरी अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिने वा पहिचान गर्ने बनाउन सकियो भने मात्रै हाम्रो प्राज्ञिक गुणस्तरको सुधार भएको मान्न सकिन्छ ।
विश्वविद्यालयमा पठनपाठन गर्दा समाजलाई बुझ्न बुझाउन जरुरी छ । पढाउँदा वा अनुसन्धान गर्दा जुन विचार पढाइँदै छ, त्यसलाई जस्ताको तस्तै पढाउनुभन्दा पनि समाज कसरी परिवर्तन भइरहेको छ ? पहिलाको विचार र दृष्टिकोणमा के थियो र के भनिएको छ ? भनेर अडिने हैन, आजको सन्दर्भमा त्यस दृष्टिकोणले के परिवर्तन गरेको छ ? यो कुरा बुझ्न—बुझाउनका लागि व्यापक विमर्श आवश्यक छ । हामी अब यस्तो प्रयासमा लाग्नुपर्छ । उदाहरणका लागि, मार्क्सवादी दर्शन जस्ताको तस्तै पढाउनुभन्दा पनि यो दर्शन के हो ? यस दर्शनले अहिलेको सामाजिक परिवर्तनमा कसरी प्रभाव पारेको छ ? यस दर्शनलाई अब कसरी उपयोग गर्न सकिन्छ, गर्नुपर्छ वा कसरी सुधार गर्ने भन्ने विषयमा छलफल तथा पठनपाठन हुनु जरुरी छ ।
कुनै पनि राजनीतिक सिद्धान्त, सिद्धान्त होस्, सामाजिक प्रबन्ध होस् वा दर्शन र विचार, गतिशील हुनुपर्छ । विचारको यो गतिशील पक्ष मदन भण्डारीले प्रयोग गर्नुभयो । वहाँले अगाडि सार्नुभएको ‘जनताको बहुदलीय जनवाद (जबज)’ आफैमा बृहत् विशेषता भएको विचार हो । हामीले यो विचारको कुरा गर्दा जनताको बहुदलीय जनवादका १४ विशेषता भन्ने गरेका छौँ। जबजका १४ वटा मात्रै विशेषता हैनन्, वास्तवमा यी १४ विशेषता त थप विशेषताहरू हुन् । पढाउँदा वा अनुसन्धान गर्दा जनताको बहुदलीय जनवादलाई समग्रमा बुझ्नु जरुरी छ । जुन प्रकारका विशेषता जबजले आत्मसात् गरेको छ, ती विशेषता मानव समाजका विशेषता हुन् कि पुँजीवादको विशेषता ? हाम्रो दृष्टिकोणमा भिन्नता छ । पुँजीवादले राखेको दृष्टिकोण र जबजको दृष्टिकोण फरक छ ।
मदन भण्डारीले जबजको व्याख्या गर्दा अन्य ४–५ वटा जनवादका दृष्टिकोणहरूसँग प्रतिस्पर्धा मात्रै गर्ने प्रचलन थियो, जसले गर्दा अनुसन्धान थोरै र साँघुरो घेरामा सीमित हुने गर्दथ्यो । आज ‘अनुसन्धान पढाइकै विषय हो’ भन्ने बुझाइ विकास भएको छ र सम्बन्धित विभागमा नै अनुसन्धानका काम कारबाही समेटिएको छ, यो राम्रो पक्ष हो ।
हाम्रो शिक्षा प्रणाली युरोपेली ज्ञान सिद्धान्तबाट निर्देशित छ । हाम्रा एसियाली ज्ञान सिद्धान्तलाई लिएर अनुसन्धान गरिएको र पठनपाठन भएको कमै पाइन्छ । अब समाजको हरेक आयाममा एसियाली ज्ञान सिद्धान्तबाट निर्देशित हुनुपर्छ । युरोपेली र अमेरिकन दृष्टिकोणमा खासै फरक देखिँदैन तर पूर्वीय (एसियाली) पद्धति फरक छ ।
विश्वविद्यालय र अनुसन्धानमा प्राज्ञिक गुणस्तरको सुनिश्चितता जरुरी छ, विश्वले हाम्रो अनुभव र हाम्रो लेखाइ पढाइलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिने वा पहिचान गर्ने बनाउन सकियो भने मात्रै हाम्रो प्राज्ञिक गुणस्तरको सुधार भएको मान्न सकिने छ ।
विश्वविद्यालयमा पठनपाठन गर्दा समाजलाई बुझ्न बुझाउन जरुरी छ । पढाउँदा वा अनुसन्धान गर्दा जुन बिचार पढाइँदै छ, त्यसलाई जस्ताको तस्तै पढाउनुभन्दा पनि समाज कसरी परिवर्तन भइरहेको छ ? पहिलाको विचार र दृष्टिकोणमा के भनेको छ ? भनेर अडिने नभई आजको सन्दर्भमा यस दृष्टिकोणले के परिवर्तन गरेको छ ? यो बुझ्न बुझाउन र विमर्श गर्ने प्रयास हुनु आवश्यक गर्नुपर्छ । उदाहरणका लागि, मार्क्सवादी दर्शन जस्ताको तस्तै पढाइनुभन्दा पनि यो दर्शन के हो ? दर्शनले अलिलेको सामाजिक परिवर्तनमा कसरी प्रभाव पारेको छ ? र अब कसरी यो दर्शनलाई उपयोग गर्ने वा कसरी सुधार गर्ने भन्ने विषयमा छलफल तथा पठनपाठन हुनु जरुरी छ ।
राजनीतिक होस् वा सामाजिक प्रबन्ध, कुनै पनि दर्शन र विचार, गतिशील हुनुपर्छ । विचारको यो गतिशील पक्ष मदन भण्डारीले प्रयोग गर्नुभयो । उहाँले अगाडि सार्नुभएको विचार ‘जनताको बहुदलीय जनवाद (जबज)’ आफैमा बृहत् विशेषता भएको विचार हो । हामी यो विचारको कुरा गर्दा जबजका १४ विशेषता भन्दछौँ, वास्तवमा जबजका १४ वटा मात्रै विशेषता हैनन् । यी १४ विशेषता त थप विशेषताहरू हुन् ।
पढाउँदा वा अनुसन्धान गर्दा जबजलाई समग्रमा बुझ्न जरुरी छ । जुन प्रकारका विशेषता जबजले आत्मसात् गरेको छ, ती मानव समाजका विशेषता हुन् कि पुँजीवादका विशेषता ? हाम्रो दृष्टिकोणमा भिन्नता छ । पुँजीवादले राखेको दृष्टिकोण र जबजको दृष्टिकोण फरक छ ।
प्रकाशित मिति : २८ पुस २०७८, बुधबार ८ : २० बजे
प्रतिक्रिया