‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सामाजिक मन्त्रालयद्वारा सेवा करारमा लागि कर्मचारी लिन विज्ञापन

कर्णाली । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्वास्थ्यतर्फ सेवा करारमा कर्मचारी लिन विज्ञापन गरेको छ । 

मन्त्रालयले १ सय ५० चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विज्ञापन गरेको हो । 

कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरे बमोजिम मन्त्रालयले मङ्गलवार चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको हो । 

मन्त्रालय मातहतका अस्पताल र स्वास्थ्य सेवा कार्यालयमा रिक्त दरबन्दीमा पदपूर्ति गर्न विज्ञापन गरिएको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश अस्पताल र लोकसेवा आयोगबाट पदपूर्तिका लागि स्थायी कर्मचारी सिफारिस भई आएका स्वतः नरहने सर्त राखेर विज्ञापन गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँका अनुसार सेवा करारका लागि १५ दिने अवधि राखेर सूचना प्रकाशित गरिएको छ । 

मन्त्रालयले नवौँ तहको चिकित्सकका लागि ५४, मेडिकल अधिकृत २० सहित आठौँ तहको २१, सातौँ तहका १६, स्टाफ नर्स ३८ सहित पाँचौँ तहको ५० र चौथो तहका नौ जना गरी १५० चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ । उनीहरूको पारिश्रमिक तथा सेवा सर्तहरू कर्णाली प्रदेश सरकारको नियमानुसार हुने जनाइएको छ । 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ७ : २७ बजे