काठमाडौं । मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्ने भएको छ । मुक्तिनाथ म्युचुअल फन्ड अन्तर्गत ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ को १० करोड इकाई मंसिर २० गतेदेखि बिक्री गर्न लागेको हो ।
यसमा न्यूनतम १०० इकईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
प्रतिइकाई १० रुपैयाँको दरले उक्त योजना जारी हुने कम्पनीले जनाएको छ । कुल योजनाको आकारमध्ये १५ करोड रुपैयाँ बराबरको इकाई मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन हुनेछ ।
मुक्तिनाथ क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ ।
प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार ११ : २० बजे
प्रतिक्रिया