एनपीएलको ट्रफी सार्वजनिक

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १४.८७ अंकले बढेको छ । यससँगै सूचक २६८२.२८ बिन्दुमा आएको छ ।

कुल १ सय १९ वटा कारोबार हुँदा १ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा ६० कम्पनीको १७ हजार ५ सय १२ कित्ता सेयर कारोबार भएको छ ।

३७ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ११ : ०३ बजे