काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आज दोस्रो पटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो ।
न्यायाधीश कमला पौडेलको इजलासले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले उनीमाथि ५ वटा कसुरमा अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार ९ : १० बजे
प्रतिक्रिया