‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिनुभएको राजीनामा स्वीकृत भएको छ । 

उहाँले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाउनु भएको र उहाँको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो, उहाँको राजीनामा स्वीकृत भएको छ ।”
 

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ४ : २२ बजे