राष्ट्रपति भवनमा घटस्थापना

वर्तमान सरकार ओली नेतृत्वको सरकार जति पनि बोल्न सकेन : महासचिव वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले वर्तमान सरकार लिपुलेकका विषयमा केपी शर्मा ओली नेतृत्वको सरकार जति पनि बोल्न नसकेको बताउनु भएको छ ।

मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको बेलामा पनि वर्तमान सरकार चुइक्क बोल्न नसकेको बताउनुभयो। केपी शर्मा ओली नेतृत्वको सरकार यस्ता विषयमा बोल्ने गरेको भएपनि उहाँले बर्तमान सरकार चुप लागेर बसेको आरोप लगाउनुभयो । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले सो क्षेत्रमा बाटो विस्तारको काम जारी छ भन्दा समेत नेपाल सरकार चुप लागेर बसेको बताउनु भएको छ ।

 महासचिव वैद्यले नेकपा (माओवादी केन्द्र),नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पूर्व माओवादी घटकहरूसँग राजनीतिक लाइन नमिल्ने भन्दै  एकताको कुनै सम्भावना नरहेको समेत बताउनु भयो । 

कार्यक्रममा बोल्दै महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
 

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ३ : ३७ बजे