काठमाडौं। गएको शुक्रबार एमालेको जागरणसभापछि सार्वजनिकस्थल फोहोर भयो भन्दै काठमाडौ महानगरपालिकाले लेखेको पत्र गायब भएको छ। एमाले केन्द्रीय कार्यालयका नाममा लेखिएको पत्र अझसम्म कुनै निकायमा पुगेको छैन। एमालेलाई सो पत्र नबुझाइ महानगरपािलका आफैले संञ्चार माध्यम मार्फत सार्वजनिक गरेको रहस्य खुलेको छ।
एमाले केन्द्रीय कार्यालय च्यासल भनी सम्बोधन गरिएको सो पत्र अहिले सम्म एमाले केन्द्रीय कार्यालयमा बुझाइएको छैन। केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले भन्नुभयो ‘ केन्द्रीय कार्यालयमा त्यस्तो पत्र आएको छैन, कतै टाँस गरेको भए बेग्लै कुरा हो नभए हामीलाई प्राप्त भएको छैन। उहाँले भन्नुभयो ‘ जगरण सभा गरेको स्थलमा भएको फोहोर हाम्रै पार्टीका साथीहरुले उतिखेरै सफा गरिसक्नु भएको छ, त्यहाँ कुनै फोहोर पनि थिएन’
कता गयो त पत्र ?
महानगरले एमालेलाई लेखेको पत्र कतै नबुझाई संञ्चार माध्यममा सार्बजनिक गरिएको महानगर स्रोतले भन्यो। स्रोतका अनुसार मेयर बालेन साहले शुक्रबार बिहानै महानगर प्रहरीलाई यस्तो पत्र लेख्न निर्देशन दिनुभएको थियो। ‘ आज एमालेले दरबार मार्गमा गर्ने सभामा पक्कै फोहोर गर्छन, तपाईहरुले तुरुन्तै पत्र काटेर १ लाख जरिबाना गराउनुस’ बालेन साहाले आफ्नै कार्यकाक्षमा बोलाएर महानगर प्रहरीलाई दिएको निर्देशन उदृत गर्दै स्रोतले भन्यो।
काठमाडौ महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले पत्र एमालेको केन्द्रीय कार्यालय वा काठमाडौ जिल्ला कार्यालयमा बुझाइएको हुन सक्ने बताउनुभयो।
त सो पत्र एमालेको काठमाडौ जिल्ला कार्यालयमा समेत नबुझाइएको अध्यक्ष दीपक निरौलाले बताउनुभयो। उहाँले भन्नुभयो ‘हाम्रो सभा सकिने बित्तिकै जरिबानाको पत्र भनेर समाचार आयो, हामीले त सो सभास्थल सफा गरिसकेका थियौ’।
प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार २ : ०९ बजे
प्रतिक्रिया