मलाई लाग्छ, यो संविधान जोगिनका लागि र जनतासँग मनैदेखि जोडिनका लागि यो सरकार लेट गतिमा होइन, बुलेट गतिमा चल्नुपर्छ । यो सरकारलाई सामान्य बहुमतको पेसेन्जर ट्रेन बन्ने छुट छैन । संसद्का गणितको धार्नी पुर्याउन खोज्दा भ्यागुता ऊफ्रने समस्या पनि यहाँ छैन । अर्को दलदले हिलोबाट हिले भ्यागुता चोरचार पारेर धार्नी पुर्याउन पर्ने लेठा पनि यो सरकारलाई छैन । अनि यति सहज बहुमत भएको बुलेट ट्रेन पेसेन्जर लिकमा कुँद्न कसरी मिल्छ ? त्यसैले लौ न सरकारज्यू आफनै लिकमा कुँद्नोस् ! बुलेट गतिमा कुँद्नोस् ।
संविधान निर्माण भएदेखि नै संसदका धाराबाट गणतन्त्रको पानी कलकल बग्नुपर्थ्यो संविधान कार्यान्वयनकर्ताले संविधानको सङ्लो पानी बेस्मारी कोचले । संसद नचलेको विशेष परिस्थितिमा कानुन ल्याउनुपर्ने भएमा कानुनको आकस्मिक निकास ( इमर्जेन्सी एक्जिट) का रूपमा संविधानले अध्यादेशको व्यवस्था गर्यो । एसिड पीडितलाई न्याय दिन र पीडकलाई दण्ड दिनबाहेक गतिलो काममा यसको उपयोग नै भएन । लोकप्रिय काम गर्दा कसैले सदन अवरुद्ध गरेर हलो अड्काए भने बरु अध्यादेश ल्याउनुस् न सरकार ! त्यसमा त सबैले वाहवाह गरिहाल्छन् नि कि कसो ?
सरकारज्यू! अलिकति सम्पत्ति शुद्धीकरणको साँघुरो घेरा फैलाउनुस् न । जागिरेले कमाएकोमा अलिकति तलमाथि भयो भने भ्रष्टाचार रे, अनि जागिरै नभाका हरितन्नम र राजनीतिमा लागेका ‘जो जससँग सम्बद्ध छन्’ ले रातरात सम्पत्तिको भ्युटावर ठड्याए पनि शिष्टाचार रे !
सरकारज्यू! अलिकति सम्पत्ति शुद्धीकरणको साँघुरो घेरा फैलाउनुस् न । जागिरेले कमाएकोमा अलिकति तलमाथि भयो भने भ्रष्टाचार रे, अनि जागिरै नभाका हरितन्नम र राजनीतिमा लागेका ‘जो जससँग सम्बद्ध छन्’ ले रातरात सम्पत्तिको भ्युटावर ठड्याए पनि शिष्टाचार रे ! राजनीतिक कार्यकर्तालाई उत्पादन र श्रमसँग जबसम्म जोडिन्न, राजनीतिमा लागेपछि धनी र सम्पन्न भैरहने दृश्यले आम जनताका आँखामा जबसम्म ठुङ् मारिरहन्छ तबसम्म राजनीतिक नेताप्रति जनताको बीभत्स नजर हट्दैन नि सरकारज्यू । सम्पत्ति आर्जनको कुनै पनि स्रोत नै नभाकाहरूको सम्पत्ति चुलिँदै जाने र शारीरिक र बौद्धिक श्रम गर्नेहरूको सम्पत्ति धुलिँदै जाने हुनु पनि त भएन नि सरकारज्यू । नेपाली जनताको चित्त बुझ्ने गरी भए पनि यस्ता भ्रष्टाचारका एउटा दुइटा कामको भए नि अनुसन्धान थाल्नुस् न सरकारज्यू !
यता २०४६ र अझ बाउन्न साल यता त देश झनै भाउन्न नै भाको छ । त्यो बेला शिशु प्रजातन्त्रका नाममा लुट्ने होऊन् वा गाउँ सिँगारेर बसेका ग्रामीण हजारिया किसानलाई सामन्त भन्दै गिड्ने रोडपतिहरू होऊन्, ती आज करोडपति, अरबपति र खरबपतिको म्याराथुनमा सहभागी कसरी हुनपुगे ? १७ हजार पुतली सिद्ध्याउने र मलुकमा डढेलो लगाउने मूल डिजाइनर तिनका नातागोता, कुलकुटुम्ब मात्रै कहाँ हो र ? तिनका हुक्के, द्वारे र बैठकेहरू रातारात धनाढ्य र नवकुबेर बने । त्यै हिस्रक झुन्डले अझै ठूला शाकाहारी भाषण गरेको देखेर त झन् यो गणतन्त्र झन् सिकिस्त बिरामी छ सरकारज्यू ! त्यो बेला गोडामा चप्पल पनि नहुनेहरूका हातमा आज एप्पलका नयाँनयाँ ब्रान्ड कसरी हात परे? तिनका पाडो बान्ने गोठ प्राडो बान्ने ग्यारेजमा कसरी अनुवाद भए ? । यी प्रश्नको शुद्धीकरण गर्ने निकायलाई अलि राम्ररी होमवर्क र पावर दिनुपर्यो नि सरकारज्यू ! वैध स्रोतबिना कर नतिरी आर्जन गरेको जायेजेथा खोतलखातल पार्दा आफनै मान्छे पर्लान् कि भन्ने पिर पनि होला सरकारज्यूलाई । मायामोलाहिजा नगरी आफ्नै मान्छेबाट थाल्नुभो भने झन् वाहवाही पाउनुहुन्छ नि सरकारज्यू !
विभिन्न सरकारज्यूहरूले नै पटकपटक छाडेका परिवारवादको धुँवा, नाताकुटुम्बवादको धुलो र ओरिपरिवादका ध्वाँसोका विषाक्त प्रदूषण र विकृतिहरूको दुर्गन्धले गर्दा आन्दोलन र विद्रोहबाट आएको गणतन्त्रको कञ्चन आकाशमा प्रतिगमनको तुवाँलो फैलिँदो छ। धमिलो पानीमा प्रतिगमनका माछा मार्नेहरू आन्दोलनको जालो लिएर जम्जमाए भन्दैमा तिनीहरूलाई सराप्न समय किन खेर फाल्दै हात्तीजत्रा शब्द खर्च किन गर्नुपरो ! सभा-जुलुस नि खासै चाहिँदैन नि सरकारज्यू, ! सत्तामा बस्नेलाई कसैले कर्के नजरले हेर्यो भन्दैमा उसलाई छड्के नजरले हेर्न सुहाउन्न है सरकारज्यू ! गणतन्त्रको मर्म अनुरूप मुलुकको जमिन छोएर मुलुकका भुइँमान्छेले अनुभूत गर्ने गरी आफ्नो काम तीव्र रफ्तारमा गर्दै जाने हो भने तिनका मुख तेसै टालिन्छन् नि ! तर यसो भन्दैमा अफवाह र अराजकता मच्चाउने जोकोहीलाई पहिले सम्झाउने, त्यसपछि चेतावनी दिने र त्यतिले पनि नटेरे गिरफ्तार गर्ने रफ्तार पनि जारी राख्नुपर्छ है सरकारज्यू !
सरकारज्यू ! नगुड्नुभाको भन्न खोज्या हैन नि ! खास लिकमा र खास गतिमा गुड्नुपरो पो भन्या ! स्मार्ट लाइसेन्स प्रिन्ट हुन ढिला भएर हत्तुहैरान भएका सेवाग्राहीलाई स्मार्ट लाइसेन्स पाउन ३ वर्ष कुर्नुपर्ने समस्या त तुरन्तै हल गर्नुभो नि सरकारज्यू । अब त मोबाइल एपमै लाइसेन्स देखाए हुने भो । त्यस्तै सम्पन्न भइसकेको यत्रो समय भइसक्दा पनि विदेशी विमान सञ्चालन नभएर हैरान परेको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको ताँती लाग्न थालो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नागरिकहरू भैरहवा ओर्लेर गन्तव्यमा पुग्ने भए, तिनलाई ‘बुटवल नारायणगढ बीभत्समार्ग’ र पृथ्वी राजमार्गका ‘मृत्युमोडहरू’मा त्रासद यात्रा नि गर्नुपरेन । अँ अर्को कुरो, कार्यकर्ताले कोनि के-के देखाएसि छलाङ् कामरेटले बन्द गरेको टिकटक खोल्ने जुन काम गर्नुभो नि, त्यो पनि राम्रै काम हो, सरकार ! किनकि प्रविधिलाई रोकेर ढुङ्गे युगमा फर्किने होइन, प्रविधिलाई विकृत रूपमा प्रयोग गर्नेहरूलाई पो नियन्त्रण र नियमन गर्ने हो नि सरकारज्यू ।
सरकारज्यू ! नगुड्नुभाको भन्न खोज्या हैन नि ! खास लिकमा र खास गतिमा गुड्नुपरो पो भन्या ! स्मार्ट लाइसेन्स प्रिन्ट हुन ढिला भएर हत्तुहैरान भएका सेवाग्राहीलाई स्मार्ट लाइसेन्स पाउन ३ वर्ष कुर्नुपर्ने समस्या त तुरन्तै हल गर्नुभो नि सरकारज्यू । अब त मोबाइल एपमै लाइसेन्स देखाए हुने भो । त्यस्तै सम्पन्न भइसकेको यत्रो समय भइसक्दा पनि विदेशी विमान सञ्चालन नभएर हैरान परेको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको ताँती लाग्न थालो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नागरिकहरू भैरहवा ओर्लेर गन्तव्यमा पुग्ने भए, तिनलाई ‘बुटवल नारायणगढ बीभत्समार्ग’ र पृथ्वी राजमार्गका ‘मृत्युमोडहरू’मा त्रासद यात्रा नि गर्नुपरेन । अँ अर्को कुरो, कार्यकर्ताले कोनि के-के देखाएसि छलाङ् कामरेटले बन्द गरेको टिकटक खोल्ने जुन काम गर्नुभो नि, त्यो पनि राम्रै काम हो, सरकार ! किनकि प्रविधिलाई रोकेर ढुङ्गे युगमा फर्किने होइन, प्रविधिलाई विकृत रूपमा प्रयोग गर्नेहरूलाई पो नियन्त्रण र नियमन गर्ने हो नि सरकारज्यू । मकै पोलेर, गिट्टी कुटेर र साग बेचेर,ज्याला मजदुरी गरेर, भारी बोकेर सहकारीमा राखेको रकम स्वाहा पार्ने आफ्नै पार्टीका नेता देवकुमार नेपालीलगायतलाई इन्टरपोल लगाएर विदेशबाट पक्रनु भो, तर यतिले त पुग्दैन नि ! काखा पाखा नगरी सबैलाई पक्रनुपरो । अर्को कुरो, सहकारी पीडितलाई पक्रेर मात्रै पीडितले पैसा पाउँचन् र हजुर ! सहकारीमा श्रमिक र निमुखाहरूको पैसा तुरुन्त र बुलेट शैलीमा फिर्ता दिन तत्काल कदम चाल्नु पनि पर्यो नि सरकारज्यू । यसरी कछुवा गतिमा अलिअलि काम त भाकै छ, तर के गर्नु ? जनताको खरायो गतिको चाहनाको दगुराइसँगै दगुर्नुपरो हजुर ! किनकि यो त पेसेन्जर गतिको पो काम भो । बुलेट रफतारमा नकुँदी त यस्ता कामको लेखाजोखै नहुने भो हजुर !
अँ त्यो सानोठिमीतिर हुने नो अब्जेक्सन लेटरलाई नि श्रम स्वीकृतिजस्तै पालिकाबाट लिन सकिने व्यवस्था गरिदिँदा राम्रो होला कि सरकारज्यू ! राहदानी र काउन्सिलर विभाग त्रिपुरेश्वरममा फोटोकपीमा छाप लाउनेहरूको लाम र पासपोर्टको जाम घटाउने कुनै जुक्ति छ भने लगाउने चाँजोपाँजो पनि मिलाम् न सरकारज्यू ! एउटा खोस्टोमा छाप लगाउन ओलाङ्चुङ्गोला र दार्चुलासम्मका मान्छे काठमडौमै आउनुपर्दा सङ्घीयता खित्का छाडिरहेछ नि सरकारज्यू ! पासपोर्ट सहजीकरण गर्न जिल्लाबाट मिल्छ भने त्यो जाबो छाप त्यैँबाट लगाउने ब्यवस्था गर्न पनि त मिल्दो हो नि, हजुर । यातायात र स्वास्थ्यमा ज्येष्ठनागरिक र शारीरिक अशक्तता भएकालाई छुट दिने कानुनलाई व्यवहारमा लागु गर्न अनुगमनको व्यवस्था गर्नुपरो नि सरकारज्यू ! बाटोघाटो ठेक्का लिएर पुष्पबाटिकामा रमाउने (घरबेटी) घरमूली होऊन् वा ठेक्का लिएर समयमा नसक्ने देशीविदेशी मुला होऊन्, सबैलाई डन्डा लगाएर काम सक्न तारन्तार पुच्छर निमोठनु पर्यो नि सरकारज्यू । अनि पो सरकार बुलेट गतिमा हिँड्दै छ है भन्न सकिएला ।
सरकारज्यू ! रोजगारीका लागि भन्दै युवाले देश छाडे, केटाकेटी पढाउन भन्दै गृहिणीले गाउँ छाडे, नियमित चेकअप र परीक्षण भन्दै ज्येष्ठ नागरिकहरूले थातथलो छाडे । यसरी पहाड र हिमालका गाउँ रित्तिए ! पैलेपैले गाउँबाट तीनदिन लगाएर हिँडेपछि मोटर भेट्टाउँथ्यौँ । आज हर्न बजाउँदै मान्छे खोज्दै मोटर गाउँ पसेको छ । तर गाउँ रित्तो छ । गाउँ गुल्जार गराउन मेरा दिमागमा केही आइडिया फुरेका छन् नि सरकारज्यू ।
सरकारज्यू ! रोजगारीका लागि भन्दै युवाले देश छाडे, केटाकेटी पढाउन भन्दै गृहिणीले गाउँ छाडे, नियमित चेकअप र परीक्षण भन्दै ज्येष्ठ नागरिकहरूले थातथलो छाडे । यसरी पहाड र हिमालका गाउँ रित्तिए ! पैलेपैले गाउँबाट तीनदिन लगाएर हिँडेपछि मोटर भेट्टाउँथ्यौँ । आज हर्न बजाउँदै मान्छे खोज्दै मोटर गाउँ पसेको छ । तर गाउँ रित्तो छ । गाउँ गुल्जार गराउन मेरा दिमागमा केही आइडिया फुरेका छन् नि सरकारज्यू ।
पेन्सनवालाहरूलाई गाउं बस्न थप प्रोत्साहन गरम्, गाउंमा बस्ने ज्येष्ठ नागरिकलाई विशेष थप सुविधा दिम्, ज्येष्ठ नागरिक, सुत्केरी र बालबालिकाको रक्तपरीक्षण र स्वास्थ्य परीक्षण नियमित गरम्, यसका लागि प्रत्येक तीतीन महिनामा घुम्ती स्वास्थ्यशिविर र विशेष रक्तपरीक्षण प्रयोगशाला सञ्चालन गर्न तत् तत् क्षेत्रका निजी र सरकारी अस्पताललाई आवश्यक सब्सिडीसहित निर्देशन दिने गरम्, यसो गर्न सकिन्न र सरकारज्यू ।
सेवानिवृत्त शिक्षाविद् र विषयविज्ञलाई आआफ्ना पुर्खाकै थातथलामा बस्न प्रोत्साहित गर्न थालम्, उनीहरूलाई केही सुविधा दिएर उनीहरूको विज्ञताको लाभ विद्यालयको गुणस्तर वृद्धिमा लगाम्, यसो गर्न पनि त सकिन्छ सरकारज्यू । यी सबै काम पूरै देशभर एकैचोटि सञ्चालन गर्दा गारो परो भने क्रमशः सञ्चालन गर्न पनि सकिन्छ नि सरकारज्यू । यसो गरे पो जनताका दैनन्दिनीसँग सरकार जोडिएको अनुभूत होला र सरकारले बुलेट स्पिड लिएको भुइँमान्छेले समेत अनुभूत गर्लान्, कि कसो ?
अँ सरकारज्यू ! मान्छेले पहाड र हिमालमा बस्न मन नपराउने तर खाद्यान्न र फलफूल चाहिँ पहाड र हिमालकै मन पराउने किन होला ! यो वर्ष जुम्ला र मुस्ताङ्का स्याउले कसरी नेपाली जनताको मन जिते । समग्र कर्णाली र विशेष गरी जुम्लाको मार्सी र सिमीको क्रेज कति छ नेपाली सहरमा ? अब पहाडका उत्पादनलाई सहरसम्म यात्रा गराउन परो सरकारज्यू । पहाडमा जसले जति उत्पादन गर्छ त्यसलाई उत्पादनका आधारमा प्रदेश र पालिकामार्फत अनुदानको व्यवस्था गरिदिनुपरो सरकारज्यू ! यसो गर्दा पहाड र हिमाल फर्कनेको लर्को लाग्न सक्छ कि हजुर ! यसरी जनतासँग र मुलुकसँग प्रत्यक्ष जोडिएर कुद्नुभो भने पो सरकार जनताको मनमुटु जित्ला नि सरकार ज्यू ।
बुलेट गतिमा कुँद्नु परो, पेसेन्जर गतिमा होइन । लौ न सरकारज्यू बुलेट गतिमा कुँद्नुस् ।
लौ न सरकारज्यू, हुनेखानेलाई काखा र हुँदाखानेलाई सरकारले पाखा गर्च भन्ने भाष्य चिर्नुपरो । त्यसैले यो बलियो सरकार ब्रोकरसँगमात्र होइन, जनतासँग पनि जोडिनु परो। साहुमहाजनसँग मात्रै होइन असामीसँग पनि जोडिनुपरो । ठेकेदारसँग मात्र होइन, ठेक्कापट्टाका परिणामसँग पनि जोडिनुपरो । व्यापारीसँग मात्र होइन, ग्राहक र उपभोक्तासँग जोडिनुपरो, । हिजो झैँ सुनका बिस्कुटसँग मात्र होइन, आज अब नुनका ढिकासँग जोडिनुपरो । सिद्धान्तको र जीवनको रङ त फरक हुन्छ भनेर मदन भण्डारीले भनेजस्तो लाग्छ मलाई त । सिद्धान्तका सुकेका खैरा अक्षर सुनाएर मात्र होइन, जीवन र व्यवहारका हरिया रङहरूसँग जोडिनुपरो । मारवाडीसँग मात्र होइन मतदातासँग पनि जोडिनुपरो । अन्त्यमा बुलेट गतिमा कुँद्नु परो, पेसेन्जर गतिमा होइन । लौ न सरकारज्यू बुलेट गतिमा कुँद्नुस् ।
प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार १ : ४३ बजे
प्रतिक्रिया