छाला नपाउँदा मादल बनाउन समस्या

हिमाल हेर्न कोखेडाँडा

रामगोपालपुरमा चुनावी चहलपहल

कोभिडसँग जुधिरहेको नेपाललाई सहयोग गर्न न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कको अपील

 

काठमाडौँ  । न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नुभएको छ  ।

नेपाल कोभिड–१९ संक्रमणबाट धेरै नै प्रभावित हुँदै गएसँथै यहाँले ट्वीटरमार्फत कोभिड(१९ सँग जुधिरहेको नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गर्नुभएको हो । 
न्युजिल्यान्डकी ३७ औँ प्रधानमन्त्री क्लार्कले ट्वीट गर्दै नेपालमा दैनिक संक्रमण दर ९ हजार पुगेको र ४० प्रतिशत पोजेटिभ देखिएकोले नेपाललाई अत्यन्तै धेरै सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ ।

‘नेपाल कमजोर क्षमताको स्वास्थ प्रणाली भएको र अतिकम विकसित देश भएको भन्दै  क्लार्कले ‘नेपाललाई खोप आपूर्तिसहितको अत्यन्तै धेरै सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभएको हो ।

सन् १९९९ देखि २००८ सम्म लिबरल पार्टीको तर्फबाट न्युजिल्यान्डको प्रधानमन्त्री भएकी क्लार्क संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ९यूएनडीपी०को उच्च पदमा समेत पुग्नुभएको थियो  । 

 

#Nepal is suffering badly from another big wave of #COVID19, recording some 9,000 cases a day & with around 40% of tests being positive. Nepal is a Least Developed Country with a low capacity health system. It badly needs support, including vaccine supply: https://t.co/92YFxQnMiM

— Helen Clark (@HelenClarkNZ) May 15, 2021

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ५ : २१ बजे