को होला धितोपत्र बोर्डको अध्यक्ष ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका उम्मेदवारको अन्तर्वार्ता सुरु भएको छ ।

आइतबार बिहान सिंहदरवारमा उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती सुरु भएकोमा आज पनि तीनजनामध्ये एक जना अनुपस्थित भएका छन ।

बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की मात्र अन्तरवार्तामा सहभागी छन् । बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अन्तरवार्ताको प्रक्रियामा सहभागी भएका छैनन् ।

अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँचमध्ये तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती हुन सकेको थिएन । दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरिसकेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ११ : २२ बजे