पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पाँचौं पटक म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
अघिल्लो पटक कात्तिक २५ गते थपिएको १३ दिनको म्याद समाप्त भएपछि उनलाई आज पुनः अदालत समक्ष उपस्थित गराइएको हो ।
लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोप छ ।
प्रहरीले लामिछानेमाथि सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार ११ : १७ बजे
प्रतिक्रिया