‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भागरथी हत्यामा पक्राउ परेका दिनेशको डीएनए मिल्यो

बैतडी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए ‘म्याच’ भएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका अनुसार जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो, उक्त डीएनए प्रयोगशालाबाट म्याच भएको उहाँले बताउनुभयो ।। 

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी गएको माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । प्रहरीले हत्यामा संलग्न आरोपमा भागरथीकै आफन्त दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  २ : २६ बजे