‘एउटै नाउरको सिकार गर्न २३ लाख’

दोस्रो ऋषिङ अल्ट्रा म्याराथन

​​​​​​​तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ  अल्ट्रा म्याराथन प्रतियोगिताको तत्कालीन संविधान सभासदस्य झुलबहादुर आलेले आज शुभारम्भ गर्नुभयो । म्याराथनको दूरी ४२ दशमलव ५ किलोमिटर छ । म्याराथन प्रतियोगितामा ५३ जनाले भाग लिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।  खुल्ला म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ६५ हजार, ४० हजार, २५ हजार र १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, स्थानीय म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ६ हजार र दुई हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइनेछ । त्यसरी नै महिला सर्ट म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु १० हजार, आठ हजार, पाँच हजार र दुई हजार उपलब्ध गराइने गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापाले बताउनुभयो । 

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १२ : २२ बजे