काठमाडौँ।राहदानी वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ ।
राहदानी विभागले तथ्याङ्क व्यवस्थापनसमस्या आएपछि राहदानी सेवा प्रवाह प्रभावित भएको जनाएको छ ।
राहदानीको तथ्याङ्क व्यवस्थापन (Data Management) मा केही समस्या देखा परेको कारण राहदानी विभाग, जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा समेत राहदानी सेवा प्रवाह प्रभावित हुन पुगेको छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभाग क्षमाप्रार्थी छ । साथै, उक्त समस्या समाधानका लागि प्राविधिकहरूको टोलीले निरन्तर काम गरिरहेको र छिटै सेवा पुनः सुचारू गरिने ब्यहोरा समेत विनम्र अनुरोध छ । विभागद्वारा जारी विज्ञाप्तिमा भनिएको छ ।
प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार ५ : २४ बजे
प्रतिक्रिया