राष्ट्रपति भवनमा घटस्थापना

राष्ट्रपतिद्वारा ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना व्यक्त

​​​​​​​काठमाडौँ – राष्ट्रपति विद्या देवी भण्डारीले  नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३००औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले देशभक्तिको भावनाले ओतप्रोत हाम्रा पूर्वजको गौरवपूर्ण योगदान र सचेत प्रयत्नका कारण नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रको रूपमा रहेको बताउनुभएको छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अंकित रहेको बताउनुभएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ७ : ३६ बजे