काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई ध्यस्त बनाएर अराजकता मच्याउने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गर्नुभएको छ ।
काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने बताउनुभयो ।
अहिलेको सरकार भ्रष्टाचार गर्न नबनेको प्रष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार भ्रष्टाचार गर्न नबनेको प्रष्ट पारेका छन् ।
उहाँले एमालेलाई औला उठाउनेहरुले फाल्तु गफ गरेको भन्दै आफना सम्पतीको विषयमा चलाईको हल्ला स्याँल हुँइया मात्र भएको बताउनुभयो । उहाँल्े भन्नुभयो ,तपाईंहरु एमालेप्रति औला उठाउँदै हुनुहुन्छ, साँचै बहस गर्न सक्नुहुन्छ । तथ्य प्रमाणको आधारमा बहस गर्न सक्नुहुन्छ ? भन्दिए त भोनी, कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड स्वीस बैंकमा, तपाईंहरु हेर्न जान सक्नुहुन्न, भन्दिए भो । अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो भन्देउन । भन्दिनका लागि, फाल्तु कुरा गर्नुको अर्थ छैन ।’
प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार ३ : ३९ बजे
प्रतिक्रिया