राष्ट्रपति भवनमा घटस्थापना

प्रधानमन्त्री देउवाको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक ट्रेसिङमा पर्नुभएका प्रधानमन्त्रीको आज पिसिआर परीक्षण गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।  

    प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी हुनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको परीक्षण गरिएको हो ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १० : ०१ बजे