‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कोरोना नियन्त्रणका लागि सरोकारवालाहरुसँग प्रधानमन्त्रीको छलफल शुरु

काठमाडौं । कोरोना भाइरस महामारी नियन्त्रणका लागि प्रधानमन्त्रीले सरोकारवालाहरुसँग छलफल शुरु गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा जनस्वास्थ्यविद, कोभिड नियन्त्रणका लागि अग्रपङ्तिमा रहेर काम गरिरहनुभएका व्यक्तित्व तथा निजी क्षेत्रका सरोकारवाला पक्षसँग सामुहिक छलफल गदै हुनुहुन्छ ।

सरकारले कोभिड नियन्त्रण तथा रोकथामका लागि आफ्नो सबै ध्यान केन्द्रित गर्ने प्रधानमन्त्री ओलीले पदभार ग्रहणका क्रममा प्रतिवद्धता जनाउनुभएको थियो । सोही प्रद्धिवद्धता अनुरुप उहाँले आज जनस्वास्थ्य विज्ञ तथा सरोकारवालासँग छलफलका आधारमा आवश्यक कार्ययोजना र कार्यनीति तय गर्ने तयारी गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमित बिरामीले अस्पतालमा बेड , अक्सिजन र उपचार नपाएको गुनासो बढिरहेको बेला फिल्डमै खटिएका सरोकारवालाहरुसँग बास्तविकता बुझनपनि आजको बैठक डाँकिएको हो । सम्बन्धीत सरोकारवालाहरुको सुझाबका आधारमा प्रधानमन्त्रीले आगामी रणनीति र तयारी गर्ने बुझिएको छ । 
 

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ४ : ५१ बजे