एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । व्यवसायी मिनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासमा पेशी तोकिएको सो रिट आज हेर्न नभ्याइनेमा परेको हो ।

यसअघि नै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रक्रिया अघि नबढाउनु भनी अल्पकालीन अन्तरिम आदेश दिएको यस रिटमा त्यसले निरन्तरता पाउने कि नपाउने भन्ने छलफलका लागि मुद्दाका दुवै पक्षलाई आज बोलाइएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १ : २३ बजे