राष्ट्रपति भवनमा घटस्थापना

‘बाल अधिकार सम्बन्धी ज्ञान सम्मेलन’को आयोजना गरिने

​​​​​​​काठमाडौँ – बालबालिकाको क्षेत्रमा गरिने विभिन्न सर्वेक्षण, अध्ययन अनुसन्धानबाट प्राप्त नतिजालाई एकत्रित पार्ने र प्रस्तुतीका लागि मञ्च उपलब्ध गराउने उद्देश्यले ‘बाल अधिकार सम्बन्धी ज्ञान सम्मेलन’को आयोजना गरिने भएको छ । 

राष्ट्रिय बाल अधिकार परिषद्द्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । 

सम्मेलनका लागि परिषद् अन्तरगत अध्ययन अनुसन्धान प्रशिक्षण  शाखाले विमला ज्ञवालीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । 

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उप–सचिव शान्तिराज प्रसाईँले बालबालिकाको क्षेत्रमा  भएका अनुसन्धानमा आधारित प्रतिवेदन, लेख रचनाले यस क्षेत्रको नीति, योजना बनाउन  सहयोग पु¥याउने  विश्वास व्यक्त गर्नुभयो ।

  

परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बालबालिकाको क्षेत्रमा विभिन्न निकाय, व्यक्ति संस्थाहरूले गरेका अध्ययनमा आधारित अनुसन्धानको प्रतिवेदनहरू परिषद्मा अभिलेखीकरण गर्ने  सुरुवात स्वरूप पहिलो पटक बाल अधिकार सम्बन्धी हुने ज्ञान सम्मेलनमा धेरै क्षेत्रको सहभागिता हुने कुरामा जोड दिनुभयो । 

परिषद् अन्तरगत अध्ययन अनुसन्धान प्रशिक्षण  शाखा प्रमुख आत्म राम थापाले बाल अधिकार सम्बन्धी ज्ञान सम्मेलनमा बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, गरिबी, दुर्व्यवहारलगायत बालबालिकामाथि  हुने जोखिमलगायतका वृहत् विषयमा कार्यपत्र, पोस्टरको प्रस्तुति,छलफल गरी यसको निचोडलाई पुस्तकका रूपमा ल्याइने बताउनुभयो ।

सो उपसमितिमा विमला ज्ञवालीले बालबालिकाको क्षेत्रमा भएका ज्ञानको खोजी, अनुसन्धानलाई नजितामुखी कार्यान्वयन गराउन सम्मेलनले प्रेरित गर्ने बताउनुभयो ।  

​​​​​​​​​​​​​​

सो अवसरमा उपसमितिका सदस्य पेम्वा लामाले देशको कर्णधार बालबालिकाको वृहत्तर हितका लागि बालबालिकासँग  सम्वन्धीत अनुसन्धानको नतिजालाई परिषद्मै सङ्कलन गर्ने  अभ्यासको थालनी गर्न लागेको बताउनुभयो ।

उहाँले बाल अधिकार परिषद्लाई बालबालिकाको क्षेत्रमा भएका र आगामी दिनमा गरिने अध्ययन अनुसन्धान, लेखिने लेख रचना समेत सङ्कलन गरिने  स्रोत केन्द्रको रूपमा विकास गर्न सम्मेलन पहिलो अभ्यास हुने विश्वास व्यक्त गर्नुभयो । 

 

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ५ : २७ बजे