राष्ट्रपति भवनमा घटस्थापना

मोदीको अभिव्यक्तिप्रति विप्लव समूहको आपत्ति, सरकार मौन बस्नु शर्मनाक

​​​​​​​काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभाबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चाँैडा र विस्तार गर्ने गरेको घोषणाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

नेकपाको अन्तर्राष्ट्रिय विभागले सोमबार विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूभागबाट चीनको मानसरोवर जोड्ने बनाइएको बाटो चौँडा र विस्तार गर्ने घोषणाप्रति नेपाल सरकार मौन बस्नु देश र जनताका लागि शर्मनाकको विषय बनेको बताएको छ । 

नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकबाट आफ्नो सैनिक फिर्ता लैजानुको सट्टा मानसरोवर जोड्न बनाइएको बाटो चौडा र विस्तार गर्ने मोदीको घोषणाप्रति ध्यानाकर्षण भएको जनाएको विप्लव समूहले सो घोषणाप्रति मौन बस्ने नेपाल सरकारको रवैया देश र देश र जनताका लागि सर्मनाक विषय भएको बताएको हो । 

विभागका इन्चार्ज कञ्चनले सोमबार जारी गरेको विज्ञप्ति :

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  २ : १८ बजे