काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अभियन्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा उनलार्इ नियन्त्रणमा लिइएको बुझिएको छ ।
ग्रेटर नेपालको कार्यालयबाट पक्राउ गरेर उनलाई भद्रकाली ल्याइएको छ ।
हिजो नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै सेनाध्यक्ष द्वीवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिन लागिएकोप्रति आपत्ति जनाएका थिए ।
भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी बनाउने भए चीनका सेनाप्रमुखलाई पनि बनाउनुपर्ने, अन्यथा यो प्रचलन रोक्नुपर्ने उनको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय सेनाध्यक्ष द्विवेदी हिजो नेपाल आएका हुन् ।
प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार २ : ०३ बजे
प्रतिक्रिया